Friday, August 14, 2026
spot_img

अन्नपूर्ण केवलकारले आईपीओ निष्काशनको लागि फेरि दियो आवेदन

spot_img

अन्नपूर्ण केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा पुन: आवेदन दिएको छ।  कम्पनीले प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा माथि पुर्याएर माघ १८ मा फेरि आवेदन दिएको हो । कम्पनीले २०८० पुस मै आवेदन दिएकोमा प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेको भन्दै धितोपत्र बोर्डले कम्पनीको आवेदन पाईपलाइनबाट हटाईदिएको थियो।

कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता शेयर निष्काशनको अनुमति मागेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले पोखरामा केवलकार संचालन गरिरहेको छ । कम्पनीको केवलकार मार्फत ९/१० मिनेट। मै  पोखराको सेती बगरदेखि सराङकोटसम्म  पुग्न सकिन्छ । केवलकारको लम्बाई २ हजार ४०० मिटर रहेको छ । केवलकारमा १७ वटा गोन्डुला रहेका छन् भने एक घण्टामा ५ सय  जनाले यात्रा गर्न सक्ने छन् ।

यस कम्पनीका अध्यक्ष कालु गुरुङ हुन् भने अन्य संचालकमा आजाद श्रेष्ठ, चन्द्र बहादुर कार्की, र सनत न्यौपाने रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img