Friday, August 14, 2026
spot_img

कृषि कम्पनी ओ.एन. बायोटेकले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई

spot_img

ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

सम्झौतामा ओ.एन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १००।– दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कस्तो हो कम्पनी ?

वि.सं.२०७६ साल पौष महिना २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओ.एन.बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय तिलोत्तमा १६ मा रहेको छ भने उद्योग क्षेत्र रुपन्देहीको तिलोत्तमा १६, १७ एवम् रुपन्देहीको शुद्धोधन १ मा रहेको छ । कम्पनीले कृषि उत्पादन पछि खेर जाने सहायक सामग्रीहरु जस्तैः पराल, भुस, उखुको बगास, तोरीको पिना÷भुस लगायतका सामाग्रीहरु प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ भने बीउ उत्पादनका लागि गहुँ, जुनेलो तथा कोदोको प्रयोग गरी बीउ उत्पादन गरेर सबै खालका च्याउका बीउ बीजन समेत उपलब्ध गराउँदै आईरहेको छ ।

ताजा च्याउ बजारीकरणका साथै कम्पनीले च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम बनाइरहेको छ भने क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ । कम्पनीले च्याउका अतिरिक्त मौसमी तरकारी उत्पादन एवम् बजारीकरण तथा किसानका लागि आवश्यक पर्ने कम्पोष्ट मल समेत उपलब्ध गराउँदै आएको छ । यसका अलावा प्राङगारिक मल उत्पादन गरी बिक्री वितरण गर्ने योजना सहित कम्पनी अगाडि बढिरहेको छ ।

कम्पनीले च्याउ उत्पादनमा देशलाई आत्मनिर्भर बनाउँदै उत्पादित च्याउ विदेश निर्यात गर्ने उद्देश्यले गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) एवम् कन्ये च्याउ उत्पादनका लागि कम्पोष्ट बल उत्पादन गरी नेपालभरका किसान तथा ठूला व्यावसायिक कृषकलाई पनि बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक खेती गर्ने किसानलाई बीउ, सहायक सामाग्री तथा च्याउ उत्पादनको परामर्श दिने काम कम्पनीले गर्दै आईरहेको छ । यस कम्पनीमा कृषि विज्ञ, ख्याति प्राप्त व्यवसायी, च्याउविज्ञ, युवा उद्यमी, चार्टर्ड एकाउन्टेण्ट तथा अन्य पेशामा संलग्न प्रतिष्ठित व्यक्तिहरू रहेको कम्पनीले जनाएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img