Friday, August 14, 2026
spot_img

नक्सालमा होलिडे इन् संचालन गरिरहेको स्वर्णिम होटेलले माग्यो आईपीओ निष्काशन अनुमति

spot_img

स्वर्णिम होटेल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १६ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको हो।  आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले काठमाडौँको नक्सालमा होलिडे इन एक्प्रेस काठमाडौँको ब्राण्डमा होटेल संचालन गरिरहेको छ । होटेलमा ९९ वटा डिलक्स रुम र एउटा सुइट रुम रहेको छ। यो होटेल सन् २०२३ को डिसेम्बरबाट पूर्ण रुपमा संचालनमा आएको छ।

यस कम्पनीमा नरेश लाल श्रेष्ठको सर्वाधिक ३८ प्रतिशत शेयर लगानी रहेको छ। उनी कम्पनीका अध्यक्ष हुन् ।

कम्पनीको प्रबन्ध संचालकमा महेश्वर श्रेष्ठ रहेका छन् भने अन्य संचालकमा निलिमा श्रेष्ठ, संदेश श्रेष्ठ, विनय भण्डारी, र  घनश्याम थापा रहेका छन् । स्वरुपा श्रेष्ठ कम्पनीको स्वतन्त्र संचालक हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img