Friday, August 14, 2026
spot_img

आईपीओ निष्काशन अनुमति माग गर्दै सुप्रिम हेल्थ केयरले दियो धितोपत्र बोर्डमा आवेदन

spot_img

सुप्रिम हेल्थ केयर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले आज माघ ६ गते आवेदन दिएको हो।

कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको हो।  आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ।

यो औषधि उत्पादन गर्ने कम्पनी हो। कम्पनीका कार्यकारी सञ्चालक मुकेश शर्मा हुन् । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रवद्र्धित विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल सुप्रिम हेल्थ केयर लि. वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाण्डौंमा रहेको छ ।

WHO-GMP र ISO बाट प्रमाणित कम्पनीको आफ्नै अनुसन्धान तथा विकास विभाग रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको छ । यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको आफ्नै अनुसन्धान तथा विकास (R&D) विभाग समेत सञ्चालनमा ल्याएको छ ।  कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन र सोलुसन लगायतका ८५ भन्दा बढी उत्पादनहरु ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ । नेपालका प्रमुख अस्पताल, फार्मेसी र चिकित्सा क्षेत्रको विश्वास जित्दै आएको कम्पनीले नेपालमा सर्वप्रथम PANDOM-D SR ( पेनडोम-डी एसआर) नामक गुणस्तरयुक्त उत्कृष्ट औषधी समेत बनाएर नेपालमा एउटा One of the most popular brand in Nepal बन्न सफल भएको कम्पनीले जनाएको छ।

त्यसैगरी Amlospire (एमलोस्पाएर-एल), Atospire-20 (एटोस्पाएर २०), Metspire – G2 Forte ( मेटस्पाएर-जी २ फोर्ट), Rospire-20 ( रोस्पाएर २०), Telspire-20 (टेल्सपायर – ४०), Azisup – 500 (एजीसप -५००), ENDPAIN Gel (एण्डपेज जेल), Superzole-100 (सुपरजोल- १००), Cilipine – 5 / 10 (सिलिपाइन -५/१००), Amlospire- AT (एमलोस्पाएर – एटी), Glipire (ग्लिपायर) र Aslos 25-H (एसलस २५ – एच) लगायतका गुणस्तरयुक्त औषधीहरु समेत बनाउन सफल भएको छ ।

कम्पनीले औषधी उत्पादन तथा वितरणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा स्वास्थ्य साक्षरताका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img