Friday, August 14, 2026
spot_img

स्थानीयले सुपर खुदी हाइड्रोको आईपीओ भर्ने म्याद थपियो

spot_img

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । म्याद थप भएसंगै यस निष्काशनमा लगानीकर्ताले माघ २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

यद्यपि सो अगावै माग भन्दा बढीको आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर सो अगावै बिक्री बन्द गरिने कम्पनीले जनाएको छ।  कम्पनीले पुस २२ गतेदेखि  आयोजना प्रभावित लमजुङका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले लमजुङका स्थानीयलाई १५ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको  छ। जस मध्ये लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ६ लाख २० हजार कित्ता र बाँकि ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नम्बर १,४,५,६,७,८, र ९ नम्बर वडाका स्थानीयलाई निष्काशन गरिएको छ । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले कुल ३१ करोड  रुपैयाँ बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने छ।

यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ।   यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img