सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ पुस ४ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार बिहान ९:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो।
कम्पनीले मङ्सिर २५ देखि मङ्सिर २९ गतेसम्म पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार ३ सय ८८ कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बैंकले गत वैशाख २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
यस बैंकको बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ। बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।












