होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो।
कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनको लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
कम्पनीले काठमाडौंको बुढानिलकण्ठमा होटल सब्रिना संचालन गरिरहेको छ। होटेलले पाँचतारे होटेलमा अपग्रेड हुनको लागि वातावरणीय प्रभाव मुल्याकनको काम गरिरहेको छ। सो कार्य सम्पन्न भएपछि यो होटेल १२० कोठा सहित पाँच तारेमा परिणत हुने छ।
यस अघि होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएकोमा अब भने कम्पनीले अर्को अन्तराष्ट्रिय ब्राण्ड ल्याउने तयारी गरेको छ । कम्पनीका अध्यक्ष निराजन थापा हुन्।









