झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा १८ लाख ६८ हजार १ सय ४१ जनाले आवेदन दिएका थिए। जस मध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बांडफाँड गरिएको छ।
जस अनुसार ४७ हजार ३ सय ३३ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरलेले शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८० माघ १० गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।









