Saturday, July 25, 2026
spot_img

आइतबारबाट खुल्न लागेको एसवाई प्यानलको आइपीओ स्थगित

spot_img

भदौ २९ गते आइतबारबाट खुल्न लागेको एसआई प्यानलको आईपीओ स्थगित भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको थियो।

तर हालको देशको विषम परिस्थितिको कारण आईपीओ स्थगन गरिएको कम्पनीले जनाएको छ। अब कम्पनीले अवस्था सहज भएपछि आईपीओ निष्काशनको लागि नयाँ मिति प्रकाशन गर्ने छ।

कम्पनीले नयाँ मिति तय गरेर चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीय र  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्ने छ । कम्पनीले स्थानीयलाई २ लाख ६१ हजार ६ सय २७ कित्ता शेयर निष्काशन गर्ने छ ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ९७ हजार ९२ कित्ता शेयर निष्काशन गर्ने छ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यो कम्पनीले प्यानल उत्पादन गर्छ। यो कम्पनी  दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो। SY CO. LTD.  लाई एसियाको नम्बर १ प्यानल निर्माताको रूपमा चिनिन्छ। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्छ । जुन लागत-प्रभावी, बलियो र कुशल हुनुका साथै अत्यधिक तातो वा चिसो हावापानीका लागि उत्कृष्ट इन्सुलेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले डिजाइनदेखि निर्माणसम्म सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्दै भूकम्प-प्रतिरोधी संरचनाहरूका लागि पूर्ण समाधान प्रदान गर्ने पनि जनाएको छ । कम्पनीले कोरियाली स्यान्डविच प्यानल, UPVC झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँने गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img