Wednesday, July 15, 2026
spot_img

शेयर पाउनु पर्ने स्थानीयको मागबारे आज छलफल गर्दै सागर डिस्टिलरी

spot_img

सागर डिष्टिलरी लिमिटेडले परियोजना प्रभावित स्थानीयको मागबारे आज छलफल गर्ने भएको छ। कम्पनीको उद्योग नवलपरासी (बर्दघाट सुस्त पूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १ मा रहेको छ। त्यहाँका स्थानीयले पनि स्थानीय कोटामा आईपीओ पाउनु पर्ने माग गर्दै आएका छन्।

स्थानीयको सो मागबारे आज छलफल हुन लागेको हो। छलफलको लागि देवचुली नगरपालिका वडा नं. १ का वडाध्यक्ष र केही स्थानीय काठमाडौँ आएका छन् । केही काठमाडौँ आउने क्रम मै छ। काठमाडौँको लागि प्रस्थान गरेका स्थानीय आईपुगेपछि आज अपरान्हपछि छलफल हुन लागेको हो। कम्पनी, स्थानीय, बिक्री प्रबन्धक र धितोपत्र बोर्डका प्रतिनिधिबीच छलफल हुन लागेको बताईएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन १२ गते आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीको फ्याक्ट्री रहेको देवचुलीका स्थानीयले पनि स्थानीय कोटामा आईपीओ पाउने अपेक्षा गरेका थिए । तर जब कम्पनीले साउन २० गते आह्वानपत्र सार्वजनिक गर्यो, त्यसमा स्थानीयलाई शेयर छुट्याईएको थिएन । लगत्तै स्थानीयले आफुहरुले पनि आईपीओ पाउनु पर्ने माग गरे र सहजीकरणको लागि वडा कार्यालय गुहारे। साउन २२ गते नै देवचुली नगरपालिका वडा नं. १ का अध्यक्ष कृषि बहादुर केसीले नेपाल धितोपत्र बोर्डका प्रमुखलाई पत्र लेखे।

बिजनेशपानाले प्राप्त गरेको उक्त पत्रमा  सागर डिस्टीलरीले स्थानिय स्रोत साधन र जनशक्ती बाटो हावा पानी जमिन र वातावरण प्रयोग गरी आइरहेको र कम्पनीले IPO निस्कासन गरी स्थानिय वासीन्दालाई छुट्याउनुपर्ने शेयर नटछुट्याएको उल्लेख गरिएको छ।  प्रचलित नियम धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार स्थानियलाई आवश्यक अनुसार छुट्याउनुपर्ने भएता पनि स्थानियलाई शेयर निष्कासन नगरेको हुदा आवश्यक नियम कानुन अनुसार प्रकृया पुयाई स्थानियलाई IPO निष्कासनका लागि वातावरण मिलाई दिनको लागि सिफारिस सहित पत्रमा आग्रह गरिएको छ ।

सो पत्रको बोधार्थ कम्पनी रजिष्ट्रार कार्यालयलाई पनि दिइएको थियो । तर धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयले वडा कार्यालयको पत्रलाई वेवास्ता गर्यो। पत्रको जवाफ अहिलेसम्म पनि आएको छैन। कम्पनीले साउन २८ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्यो र त्यो शेयर बाँडफाँड पनि भईसकेको छ।

त्यसपछि काठमाडौँमा उपलब्ध रहेका देवचुली नगरपालिका वडा नं. १ का स्थानीयले धितोपत्र बोर्ड मै पुगेर आफुहरुले शेयर पाउनु पर्ने माग गरे। त्यसपछि बल्ल कम्पनीले यसबारे छलफल गर्न थाल्यो र स्थानीयलाई छलफलको लागि काठमाडौँमा बोलायो ।

तर स्थानीयले आफुहरु काठमाडौँ आए धेरै जना आउनु पर्ने , त्यो सम्भव नहुने भएकोले कम्पनीका प्रतिनिधिलाई नै देवचुली आउनु पर्ने बताए। तर कम्पनीका प्रतिनिधि देवचुली नगएपछि स्थानीय आफै काठमाडौँ आउन लागेका हुन्।

त्यसो त् कम्पनीले आज मात्र भदौ २५ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने आह्वानपत्र प्रकाशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने भनेको छ।

यसले स्थानीयलाई शेयर दिने कम्पनीको मनशाय नरहेको देखिन्छ । आज नै छलफल तय भएकोले कम्पनीले एक दिन कुरेर आह्वानपत्र निष्काशन गर्न सक्थ्यो। स्थानीयलाई शेयर दिने भए सर्वसाधारणलाई छुट्याएको शेयर मध्येबाट कटाएर दिन सक्थ्यो। तर कम्पनीले आज नै आह्वानपत्र प्रकाशन गरिसकेकोले स्थानीयलाई शेयर दिने कम्पनीको योजना नरहेको देखिन्छ। सीएसआर अन्तर्गत कार्य गर्ने प्रतिवद्दता स्थानीयसँग गर्ने कम्पनीको योजना रहेको बताईएको छ। धितोपत्र बोर्डले पनि अनौपचारिक कुराकानीमा स्थानीयलाई शेयर छुट्याउन पर्दैन भनेपछि स्थानीयलाई शेयर दिने कम्पनीको योजना देखिदैन ।

के छ कानूनी व्यवस्था ?

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संगठित संस्थाले आफ्नो जारी पूँजीको दश प्रतिशतसम्मको शेयर उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बिक्री वितरण गर्नको लागि छुट्याउन सक्ने व्यवस्था छ । “प्रभावित क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम स्थापना गरिएको उद्योग वा सञ्चालन गरिएको आयोजनाको प्रचलित कानून बमोजिम तयार गरिएको वातावरणीय प्रभावमूल्यांकन प्रतिवेदनमा उल्लिखित प्रभावित क्षेत्र सम्झनु पर्ने नियमावलीमा उल्लेख छ। प्रभावित क्षेत्रका वासिन्दालाई धितोपत्र निष्काशन गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रभावित क्षेत्रको वर्गिकरण गरिएको भए सो वर्गीकरण बमोजिम प्राथमिकता कायम गरि धितोपत्र निष्काशन गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

कस्तो हो कम्पनी ?

वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरिरहेको छ । कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।

यस अघि : सागर डिस्टिलरीको आईपीओमा नयाँ ट्वीस्ट, स्थानीयले पनि मागे शेयर

स्थानीयलाई सागर डिष्टिलरीको शेयर माग गर्दै साउन २२ मै सेबोनलाई लेखिएको थियो पत्र 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

प्रोटोन इ.मास ५ को बुकिङ खुला, ग्राहकले पुर्वानुमान गरेकै मूल्यमा गाडी किन्न सक्ने

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img