Wednesday, July 15, 2026
spot_img

सागर डिस्टिलरीको आईपीओमा नयाँ ट्वीस्ट, स्थानीयले पनि मागे शेयर

spot_img

स्थानीय कोटामा आफुले पनि सागर डिष्टिलरीको आईपीओ पाउनु पर्ने माग गर्दै कम्पनीको उद्योग प्रभावित स्थानीयहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । सागर डिष्टिलरीको उद्योग रहेको नवलपरासी (बर्दघाट सुस्त पूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १ का स्थानीयहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

नियम बमोजिम कम्पनीको उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई समेत आईपीओ छुट्याउने पर्ने माग गर्दै देवचुलीका स्थानीयले गत साता धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। जलविद्युत कम्पनी, केवलकार कम्पनी, सिमेन्ट कम्पनीको जस्तै आफुहरुले पनि उद्योग प्रभावित स्थानीयको रुपमा शेयर पाउनु पर्ने उनीहरुको माग छ।

स्थानीयले निवेदन परेसँगै नेपाल धितोपत्र बोर्ड र कम्पनीबीच अहिले छलफल चलिरहेको बताईएको छ। साथै कम्पनीले उद्योग प्रभावितहरुलाई छलफलको लागि काठमाडौँ बोलाएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले भने यो कम्पनीसँग सम्बन्धित विषय भएकोले कम्पनीले उद्योग प्रभावित स्थानीयलाई पनि शेयर छुट्याउने निर्णय गरेमा क्यापिटलले सोहि अनुसार नै बिक्री प्रबन्धकको कार्य गर्ने छ।

नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। जस मध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले ७२ हजार ६ सय कित्ता म्युचुअल फण्डलाई, ४३ हजार ५ सय ६० कित्ता कम्पनीका कर्मचारीलाई र ११ लाख ९० हजार ६ सय ४० कित्ता आम सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ। तर अब स्थानीयलाई समेत शेयर निष्काशन गर्नु परेको अवस्थामा सर्वसाधारणले पाउने शेयर घट्ने छ।

के छ कानूनी व्यवस्था ?

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संगठित संस्थाले आफ्नो जारी पूँजीको दश प्रतिशतसम्मको शेयर उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बिक्री वितरण गर्नको लागि छुट्याउन सक्ने व्यवस्था छ । “प्रभावित क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम स्थापना गरिएको उद्योग वा सञ्चालन गरिएको आयोजनाको प्रचलित कानून बमोजिम तयार गरिएको वातावरणीय प्रभावमूल्यांकन प्रतिवेदनमा उल्लिखित प्रभावित क्षेत्र सम्झनु पर्ने नियमावलीमा उल्लेख छ। प्रभावित क्षेत्रका वासिन्दालाई धितोपत्र निष्काशन गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रभावित क्षेत्रको वर्गिकरण गरिएको भए सो वर्गीकरण बमोजिम प्राथमिकता कायम गरि धितोपत्र निष्काशन गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

आईपीओ अनुमति दिंदा नै धितोपत्र बोर्डले ध्यान नपुर्याएर स्थानीयलाई शेयर निष्काशन गर्न नभनेकोले अहिले समस्या आएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरे भने कम्पनीले नै  वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा स्थानीयलाई आईपीओ निष्काशनको प्रस्ताव गर्नु पर्ने बताउछन् । सोहि अनुसार बोर्डले आईपीओको अनुमति दिने गरिएको उनको भनाई छ। यद्यपि सागर डिस्टिलरीको हकमा भने के भएको रहेछ भनेर थप बुझ्नु पर्ने र त्यसपछि मात्र यकिन भन्न सकिने उनले बताए।

कस्तो हो कम्पनी ?

वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरिरहेको छ । कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...
spot_img