हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । कम्पनीले योजना संचालन गर्नको लागि अनुमति माग गर्दै साउन ११ गते बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि एचएलआई लार्ज क्याप फण्ड नामको बन्दमुखी योजना संचालन गर्न अनुमति माग गरेको हो । लार्ज क्याप फण्ड भनेको धेरै चुक्ता पुँजी भएका अर्थात् ठूला कम्पनीको शेयरमा लगानी गर्ने फण्ड हो ।
प्रस्तावित यस फण्डको आकार ४ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले ४० करोड इकाई निष्काशन हुने छ ।









