Friday, July 24, 2026
spot_img

हिमालयन बैंकको एफपीओ बाँडफाँड मिति तय

spot_img

हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो।

एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको बीचमा २ दिन हुनु पर्ने पछिल्लो व्यवस्था छ। यस कारण बैंकको एफपीओ मङ्गलबार बाँडफाँड गर्ने क्यापिटलको तयारी छ।

यो एफपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ। एफपीओमा १७ लाख बढी आवेदकले आवेदन दिएका छन् ।

बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये ९ जनाले ११ कित्ता र बाँकिले १० कित्ता शेयर पाउने देखिन्छ।

नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले बैंकले प्रस्ताव गरेको मूल्यमा १२ रुपैयाँ घटाएर अनुमति दिएको हो ।

spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img