नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.८५ प्रतिशत नगद लाभांश गरि कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









