Thursday, August 27, 2026
spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखरबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–साउदी आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, पर्यटन तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै नेपाल–साउदी व्यापार तथा लगानी सहकार्यलाई थप विस्तार गर्ने, निजी क्षेत्रबीच सम्बन्ध बढाउने तथा दुई देशबीच आर्थिक अवसर पहिचान गरी अघि बढ्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

भेटवार्तामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको परराष्ट्र सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्ने बताउँदै आर्थिक कूटनीतिले नेपाली व्यवसायका लागि नयाँ बजार खोल्ने, विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी स्पष्ट परिणाम दिनुपर्ने बताए ।

अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक उद्योग तथा पूर्वाधारलगायतका क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको उल्लेख गर्दै गुणस्तरीय विदेशी लगानी आकर्षित गर्न स्थिर र पूर्वानुमानयोग्य नीति, छिटो स्वीकृति प्रक्रिया तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताए ।

नेपालले परम्परागत वस्तुको निर्यातसँगै विद्युत् तथा सूचना प्रविधि सेवा निर्यातको सम्भावनालाई समेत उपयोग गर्नुपर्ने भन्दै उनले चिया, कफी, जडीबुटी, हस्तकला लगायत नेपाली उत्पादनलाई साउदीमा निर्यात गर्न सकिने धारणा राखेका छन् र

भेटमा साउदी राजदूत फहद बिन मोहम्मद बिन मिंखरले नेपालसँग आर्थिक सम्बन्ध थप विस्तार गर्न साउदी अरब इच्छुक रहेको बताए । उनले नेपालको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा साउदी लगानी तथा सहकार्यको सम्भावनाप्रति चासो व्यक्त गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

राजदूत मिंखरले नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारका लागि छिट्टै हवाई सम्झौता हुन लागेको जानकारी दिँदै हवाई सम्पर्क विस्तारले दुई देशबीच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको...