तारागाउँ रिजेन्सी होटेलले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ।











