Friday, August 28, 2026
spot_img
spot_img

दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज मङ्सिर १५ गते दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंक र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारणसभाको लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज आज मङ्सिर १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत  नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मङ्सिर २९ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस ४ गते साधारणसभा बोलाएको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नेपालमै छन् २ हजारभन्दा बढी हिमताल, २१ वटा जुनसुकै बेला फुट्नसक्ने उच्च जोखिममा

बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी...

नेपाल एसबिआई बैंकद्वारा बाढी प्रभावितलाई राहत सामग्री वितरण

नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट...

लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग

लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग...

होटेल सारथीद्वारा १५.७८९४ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान

होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान

होटेल सब्रिना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...