Sunday, August 30, 2026
spot_img
spot_img

एनएमबि क्यापिटलको दुई म्युचुअल फण्डद्वारा लाभांश घोषणा, बुक क्लोज मिति तय

spot_img

एनएमबि क्यापिटल योजना व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा बन्दमुखी म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । आर्थिक वर्ष २०८१/८२ को लागि एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को  लाभांश  घोषणा भएको हो ।

यी दुवै फण्डले कर सहित समान १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

दुवै फण्डको लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । यस संगै भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र यी लाभांश पाउने छन् ।

साथै एनएमबि हाईब्रिड फण्ड एल – २ ( NMB HYBRID Fund L- II) ले आ.व. २०८१/८२ को लागि लाभांश नदिने भएको छ।  त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत परिपक्व भएका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड- १ (NMB Sulav Investment Fund-I) र एनएमबि हाईब्रिड फण्ड एल – १ (NMB HYBRID Fund L-I) ले विगतका आर्थिक वर्षहरुमा वितरण गरेका प्रतिफल र लगानी रकम भुक्तानी लिन बाँकी रहेका इकाईधनीहरुलाई यथाशिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा भौतिक प्रमाणपत्रको हकमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।

साथै हाल संचालनमा रहेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड – २ (NMB Sulav Investment Fund- II) र एनएमबि फिफ्टी ( NMB 50 ) ले विगतका आर्थिक वर्षहरुमा वितरण गरेका प्रतिफल लिन बाँकी रहेका इकाईधनीहरुलाइ पनि यथाशिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा भौतिक प्रमाणपत्रको हकमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले अनुरोध गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...