एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको ।
क्यापिटलले भदौ १८ गते साधारणसभा बोलाएको छ। क्यापिटलले हालसम्म २४० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको र अहिले प्रस्ताव गरिएको लाभांश पारित भएपछि हालसम्म प्रदान गरिएको लाभांश २९० प्रतिशत हुने जनाएको छ।









