सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (साउन १८ गते बिहान ११ बजे) सम्म १२ वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् । त्यस्तै कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनआईएमबि क्यापिटलको एनआईबिएल सहभागिता फण्ड रहेका छन् । यी बाहेक गरिमा क्यापिटलको गरिमा समृद्धि योजना, र एनएमबि क्यापिटलको एनएमबि सरल बचत फण्ड ई ले पनि घोषणा गरेका छन् । साथै एनआईसी एशिया क्यापिटलको एक खुलामुखी सहित ४ वटै म्युचुफल फण्डले लाभांश घोषणा गरेका छन् ।
यी १२ वटा योजना मध्ये सनराइज ब्लु चिप फण्डले सर्वाधिक १९ प्रतिशत लाभांश घोषणा गरेको छ भने शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै लक्ष्मी भ्यालु फण्ड २ ले १५ प्रतिशत, र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत लाभांश घोषणा गरेका छन् । अन्य फण्डको लाभांश दर भने १० प्रतिशतभन्दा कम छ।
हालसम्म लाभांश घोषणा गरेका १२ वटा फण्ड मध्ये ६ वटा खुलामुखी फण्ड छन् ।
हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ?










