बन्दमुखी सामुहिक लगानी कोष योजना मध्ये लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज पहिलो बनेको छ। लक्ष्मी सनराइज क्यापिटलले आज सनराइज ब्लु चिप फण्ड र लक्ष्मी भ्यालु फण्ड २ को लाभांश घोषणा गरेको हो।
जस अनुसार सनराइज ब्लु चिप फण्डले कर सहित १९ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यो आर्थिक वर्ष २०८१/८२ को लाभांश हो ।
यी फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गर्ने छन् ।
यो पनि : लक्ष्मी सनराइज क्यापिटलको खुलामुखी फण्डद्वारा लाभांश घोषणा









