सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन १ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले फागुन १५ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले आ.व. २०८०/८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाखको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।













