रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि सरकारमार्फत सहयोग गरेका छन् । रामेछाप जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले आफ्नो कम्पनी जि.एस. मार्केटिङमार्फत ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उनले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषको खातामा जम्मा गरेका छन् ।
भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरुमा जनजीवन प्रभावित भइरहेको, ठूलो मानवीय क्षति भएको र खर्बौ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । प्रभावितहरुको राहत, उद्वार र पुनःस्थापनामा मद्दत पुगोस् भन्ने उदेश्यले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमार्फत सहयोग गरेको थापाले बताएका छन् ।
उनले अहिले सिङ्गो देश नै यो विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बेला भएको बताउँदै देश तथा विदेशमा रहेका नेपालीहरु सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह पनि गरेका छन् ।











