Monday, August 31, 2026
spot_img
spot_img

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

spot_img

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ।

सभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। यसैसँगै बोनस सेयरमा लाग्ने करका लागि रु. १५ लाख ५७ हजार ३४३ नगद लाभांश दिने प्रस्ताव पनि पास भएको छ।

कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनी गाभ्ने वा किन्ने अधिकार सञ्चालक समितिलाई नै दिने निर्णय पनि सभाले गरेको छ।

साथै, प्रबन्धपत्रमा थप व्यवस्था राख्ने प्रस्ताव पारित गर्दै एनडीपीले अब परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर र विदेशी लगानीकर्तालाई लक्षित वित्तीय उपकरण जारी गर्न सक्नेछ। साथै ग्रिन क्लाइमेट फन्ड र ब्लेन्डेड फाइनान्सजस्ता अन्तर्राष्ट्रिय कोषबाट पनि सहयोग लिन सक्नेछ। जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याउने व्यवस्था पनि सभाले स्वीकृत गरेको छ। भविष्यमा नियामक निकायले यी संशोधनमा सुधार गर्न भन्यो भने त्यो जिम्मेवारी पनि सञ्चालक समितिले नै पूरा गर्नेछ।

गएको आर्थिक वर्ष २०८२/०८३ मा एनडीपीले कर तिरेपछि ७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको कुल चुक्ता पुँजी हाल १ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनडीपी स्थापना भएको धेरै समयपछि मात्र नेपाल सरकारले वैकल्पिक वित्तीय वृत्त स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको उल्लेख गरे। स्वदेशी पुँजीबाटै ठूला पूर्वाधार योजनामा लगानी जुटाउने, मुलुकमा लगानी मैत्री वातावरण छ भन्ने सन्देश दिने र वैदेशिक रोजगारीमा जान बाध्य भएका लाखौं युवालाई स्वदेशभित्रै लगानी र रोजगारीको अवसर दिने उद्देश्यले कम्पनी स्थापना भएको उनले बताए।

“मुलुकभित्र र बाहिर छरिएर रहेको पुँजी सङ्कलन गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार र महत्वपूर्ण आयोजनामा लगानी गर्न सकेमा मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुन्छ,” उनले भने। “कम्पनी नाफाका लागि मात्र स्थापना भएको होइन, यसले लगानी वातावरण सुधार्न र देशभित्रै पुँजी परिचालन गर्न समेत योगदान गर्ने लक्ष्य राखेको छ।”

कम्पनीको सेयरधनी आधार देशका सबै ७७ जिल्लामा पुगेकोमा अध्यक्ष ढकालले सन्तोष व्यक्त गरे । जलविद्युत्, केबलकार पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी विस्तार गर्दै जाने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

पशुपति रिन्यूएबल्सको साधारणसभा आह्वान, १०.३४ प्रतिशत लाभांश प्रस्ताव

पशुपति रिन्यूएबल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ ।...

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले...

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड...

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...