आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९८ रुपैयाँ तोकिएको छ ।










