Monday, August 31, 2026
spot_img
spot_img

पशुपति रिन्यूएबल्सको साधारणसभा आह्वान, १०.३४ प्रतिशत लाभांश प्रस्ताव

spot_img

पशुपति रिन्यूएबल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ५ गतेको लागि साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायत आर्थिक विवरण माथि छलफल गरि पारित गर्ने र आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।

यस कम्पनीका अध्यक्ष डा. सन्दिप शाह हुन्। कम्पनीले कपिलवस्तुमा १० मेगावाट क्षमताको धरमनगर सोलार आयोजना १ र १५ मेगावाट क्षमताको धरमनगर सोलार फार्म २ गरि कुल २५ मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८२ जेठदेखि विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले आईपीओ निष्काशनको पनि पनि तयारी गरिरहेको छ । कम्पनीले १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गर्दै गत चैत्र १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

यस कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले पनि लगानी गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार...

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ ।...

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले...