सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस ९ गते मंगलबार बुक क्लोज गर्दैछ । यसर्थ, आज सोमबारसम्म कायम सेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारणसभा डाकेको छ ।









