सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ।
कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २६ गते साधारणसभा बोलाउने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।









