नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark Index) निर्माण गर्नको लागि बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३ तयार पारेको छ। अर्थ मन्त्रालयबाट जारी भएको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनामा बेञ्चमार्क सूचकाङ्कको विषय उल्लेख थियो ।

बोर्डले हालको नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोवारयोग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन, सूचना प्रवाहको स्थिति जस्ता सूचकको आधारमा धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark Index) प्रयोगमा ल्याउने तयारी गरेको हो ।

हाल प्रयोगमा रहेको नेप्से परिसूचक (NEPSE Index) ले दैनिक कारोवार नहुने, लक-इन भएका संस्थापक शेयरहरुको समेत बजार पुँजीकरणलाई आधार मानी सूचकांक गणना गर्ने गरिएको छ। जसको कारण सरकारी स्वामित्वमा भएको तथा लक-इन शेयरहरू कुल बजार पुँजीकरणमा जोडिए तापनि दैनिक कारोबारमा उपलब्ध नहुने हुँदा यथार्थपरक बजार सूचकांक मापन हुँदैन।

यस समस्याको समाधानका लागि बोर्डले कारोवारयोग्य फ्री-फ्लोट शेयरको बजार पुँजीकरणमा आधारित (NEPSE Benchmark Index) को विकास गर्न लागेको हो। हाल कायम रहेको नेप्से सूचकाङ्कलाई यथावत राखी यसलाई समग्र शेयरको मूल्य मापन गर्ने बृहत् सूचक (NEPSE All Equity Index) को रूपमा पुनर्संरचना गरिनेछ।

बोर्डका अनुसार नयाँ बेञ्चमार्कको कार्यान्वयनका लागि संस्थापक, सरकारी र लक-इनमा रहेको शेयरहरूलाई छुट्याएर कारोबारयोग्य हिस्साका आधारमा निश्चित फ्री-फ्लोट फ्याक्टर लागू गरिनेछ। कारोवारयोग्य फ्री-फ्लोट शेयरको बजार पुँजीकरणमा आधारित नयाँ Benchmark Index को विकास पश्‍चात् नेप्से सूचकांक गणना विधि यथार्थपरक हुनुका साथै इन्डेक्स फन्ड, ईटीएफ र डेरिभेटिभ्स् जस्ता आधुनिक वित्तीय उपकरणहरूको विकासमा सहयोग हुने अपेक्षा गरिएको छ।

प्रस्तावित नयाँ Index लाई प्रारम्भिक रूपमा NEPSE Free – Float Benchmark Index (NFFBI ) वा अन्तर्राष्ट्रिय बजारसँग Branding तथा भविष्यको Product development लाई ध्यान दिई NEPSE Benchmark Index (NBI) भन्न सकिने बोर्डले जनाएको छ। नाम छनोटमा नेप्सेले आवश्यक परामर्श गर्न सक्ने र यसको मूल Methodology: Free – Float Adjusted Index हुने बोर्डले प्रष्ट पारेको छ।

नयाँ Benchmark Index को उदेश्य नेपालमा investable equity market को वास्तविक performance मापन गर्नु, Institutional investors का portfolio को performance benchmark विकास गर्नु, Mutual Fund, Index Fund तथा भविष्यका ETFS का लागि underlying benchmark उपलब्ध गराउनु, सम्भावित equity derivatives को underlying index का रूपमा प्रयोग गर्न सकिने आधार निर्माण गर्नु, विदेशी संस्थागत तथा portfolio investors का लागि international-standard index उपलब्ध गराउनु, नेपालका विभिन्न sector को वास्तविक investable market weight प्रतिबिम्बित गर्नु, र बजारको price discovery र investment decision-making लाई थप पारदर्शी बनाउनु, नेपालका index methodology लाई international practice सँग तुलनायोग्य बनाउनु रहेको छ।

बोर्डले कार्यपत्रमा कम्पनी ६ महिना NEPSE Index, NEPSE Float Index, र प्रस्तावित Benchmark Index तीनै गणना गर्ने प्रस्ताव गरेको छ। यस अवधिमा दैनिक रुपमा Index value, Constituent list, Weight, Free float factor, Market coverage , Turnover coverage, Volatility, र Tracking characteristics प्रकाशित गर्ने प्रस्ताव गरिएको छ।

बोर्डले नयाँ बेन्चमार्क इन्डेक्सको सम्बन्धमा निम्न १० वटा प्रस्ताव गरेको छ ।  

१. हालको नेप्से इन्डेक्सलाई समाप्त नगरी “ NEPSE All Equity Index” का रूपमा पुनःपरिभाषित गर्ने।

२. हालको NEPSE Float Index लाई आधार मानी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप Free-Float Adjusted Market Capitalization Weighted Benchmark Index विकास गर्ने ।

३. Benchmark Index, institutional investment, mutual fund, index fund, ETF तथा भविष्यका index derivatives का लागि official investable benchmark का रूपमा विकास गर्ने ।

४. नयाँ पद्दति लागू गर्नु अघि कम्तीमा ५–१० वर्षको historical back-testing गर्ने ।

५. कम्तीमा ६ महिनासम्म NEPSE All Equity Index, existing Float Index र proposed Benchmark Index parallel रूपमा गणना गर्ने ।

६. Free-float classification का लागि SEBON, NEPSE र CDSC बीच integrated ownership database निर्माण गर्ने ।

७. Index methodology लाई rules-based, transparent, independently reviewed तथा publicly disclosed बनाउने।

८. Index governance का लागि Independent Index Committee गठन गर्ने ।

९. नयाँ बेञ्चमार्क इन्डेक्सको पद्दतिलाई प्रत्येक वर्ष कम्तीमा एकपटक methodological review गर्ने र constituent rebalancing को स्पष्ट तालिका निर्धारण गर्ने ।

१०. नयाँ Benchmark Index लागू भएपछि नेपालमा Index Fund, ETF तथा Equity Index Derivatives विकास गर्न आवश्यक नियामकीय फ्रेमवर्क क्रमशः निर्माण गर्ने ।

कार्यान्वयन योजना 

बोर्डले २० देखि २४ महिना भित्र नयाँ बेन्चमार्क इन्डेक्सलाई औपचारिक रुपमा संचालनमा ल्याउने प्रस्ताव गरेको छ । बोर्डले अबको ३ महिना भित्र Methodology design गर्ने, ६ महिना भित्र Ownership/free-float database बनाउने, ९ महिना भित्र Historical back-testing गर्ने, १२ महिना भित्र Parallel index calculation गर्ने रहेको छ । त्यस्तै १५ महिना भित्र Public consultation गर्ने, १८ महिना भित्र Final methodology तय गर्ने, २० महिना भित्र System implementation गर्ने र २४ महिना भित्र Official launch गर्ने कार्ययोजना गरेको छ ।

बोर्डले प्रस्तावित कार्यपत्रमा २०८३ कार्तिक १५ भित्र सुझाव दिन सम्पूर्ण सरोकावालालाई अनुरोध गरेको छ।  

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

८ वर्षमा चार वटा हिमतालको सतह घटाउने तयारी, साढे ७ अर्ब भन्दा धेरै खर्च हुने

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र...

असोजमा ५ अर्ब ९२ करोडको बिजुली भारतमा बिक्री, थप ३१ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले असोज महिनामा ५ अर्ब ९२ करोड...

दशैँ लगत्तै सुनको भाउमा भारी गिरावट

दशैँ बिदाको अवधि पश्चात आज आइतबार सुनको भाउ तोकिएको...

बिहिबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, २९ जिल्ला प्रभावित हुने

बिहिबारदेखि ३ दिनसम्म नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले मिति कार्तिक ९ गतेदेखि सुरु हुने...

एडाप्टेसन फन्डद्वारा नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत

अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन...