Tuesday, August 4, 2026
spot_img

७६ सय जनाले मात्र पाए आईसीएफसी फाइनान्सको ऋणपत्र

spot_img

आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज ऋणपत्र बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १४ गतेसम्म ऋणपत्र बिक्री खुला गरेको हो। फाइनान्सले  प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ५ लाख कित्ताले हुन आउने ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ३ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो भने १० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर १ लाख ९० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

यस निष्काशनमा १४ हजार १ सय ३७ जनाले आवेदन दिएका थिए। जस मध्ये १४ हजार १ सय २९ जनाको आवेदन मात्र योग्य भएको छ। मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट ऋणपत्र बाँडफाँड गरिएको छ। जस अनुसार ७ हजार ६ सयले जनाले २५ कित्ताको दरले ऋणपत्र पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img