प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धर र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।
बैंकले ८ प्रतिशत ब्याजदर रहने गरि रु.१००० प्रति दरले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ ।