Sunday, December 1, 2024

ट्रेड टावर लिमिटेडको साधारणसभा आह्वान, आईपीओ निष्काशनदेखि मर्जरसम्मका प्रस्ताव

ट्रेड टावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर १२ गते गौशाला स्थित होटेल क्रिस्टल पशुपतिमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा आईपीओ निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, उपयुक्त पार्टनर पाए मर्जरमा जानको लागि सम्झौता गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले थापाथली र गौशालामा ट्रेड टावर संचालन गरिरहेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१.आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने सम्बन्धमा ।

२. लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव :
१. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरु गर्ने बारे ।

२. सर्वसाधारणका लागि साधारण शेयर (आई.पि.ओ.) निष्काशन सम्बन्धमा ।

३. कम्पनीले संचालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि बंकै तथा अन्य वित्तिय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी संचालक समितिलाई दिने सम्बन्धमा ।

४. कम्पनीले संचालन तथा विकास गरिरहेको परियोजनाहरूको लागि लागि आवश्यक छोटो अवधीको कर्जा सम्बन्धमा ।

६.अन्य कम्पनीसंग मर्जर गर्ने, DDA गर्ने, मर्जरको सम्झौता गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

७. कम्पनीको नियमन निकायहरु, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

८. विविध।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img