ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले मंसिर २६ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गते चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै संस्थापक सेयरधनी समूहबाट चार जना सञ्चालकसमेत निर्वाचित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल भइ पारित हुनेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित चालू आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभाले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ ।










