आज भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुइ दिने भ्रमण तालिका

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिने भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः४५ बजे दिल्ली प्रस्थान गर्नेछन् भने अपराह्न १५ः१५ बजे दिल्लीमा अवतरण गर्नेछन् । प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छन् भने सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आइतबारै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू पनि आदानप्रदान गरिने कार्यक्रम छन् ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहनेछन् । प्रधानमन्त्री शाह सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।

आइतबार मङ्सिर ६ गतेको तालिकाः
दिउँसो १ः४५ बजे दिल्ली प्रस्थान ।
अपराह्न १५ः१५ बजे दिल्लीमा अवतरण ।
साँझ ६ः०० बजे होटल ताजमा भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट ।

सोमबार मङ्सिर ७ गतेको तालिकाः
बिहान १० बजे राष्ट्रपति भवनमा सम्मान ग्रहण ।
बिहान १०ः४० बजे राजघाटमा पुष्पहार अर्पण ।
बिहान ११ः ०० बजे हैदराबाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट।
मध्याह्न १२ः२५ बजे हैदराबाद हाउसमै दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन ।
दिउँसो १५ः१५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट ।
साँझ १६ः५० बजे भारतबाट स्वदेश प्रस्थान ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २...

नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका...

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान ‘निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्’

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री...

वालेन-मोदीले संयुक्त रुपमा तल्लो अरुण आयोजनाको शिलान्यास गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार...

नागढुङ्गा सुरुङमा शुल्क तिर्न कुमारी बैंकको सबै शाखाबाट N–Tag उपलब्ध हुने

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि...

‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ?

काठमाडौँमा फेन्सी व्यवसाय गर्दै आएका एक जना व्यवसायीले आजभन्दा...