Sunday, August 2, 2026
spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले बोलायो विशेष साधारणसभा

spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले विशेष साधारणसभा बोलाएको छ ।  कम्पनीले असार १ गते विशेष साधारणसभा बोलाएको हो ।

सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।  कम्पनीले ५६.६२ प्रतिशत हकप्रद निष्काशन गर्न चाहेकोमा विद्युत नियमन आयोगले त्यो भन्दा कम अनुपातमा मात्र हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको थियो ।  अब कम्पनीले सोहि अनुसारको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा २८.८४ प्रतिशतले हुन आउने ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरको ६० लाख ८२ हजार ५ सय ५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।  त्यस्तै सोहि बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवशन परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

कम्पनीले यस अघि नै साधारणसभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेकोमा अनुपात परिवर्तन गरेपछि कम्पनीले फेरि विशेष साधारणसभा बोलाएर प्रस्ताव पारित गर्न लागेको हो ।  कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img