दोर्दी खोला जलविद्युत कम्पनीले बोलायो विशेष साधारणसभा

spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले विशेष साधारणसभा बोलाएको छ ।  कम्पनीले असार १ गते विशेष साधारणसभा बोलाएको हो ।

सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।  कम्पनीले ५६.६२ प्रतिशत हकप्रद निष्काशन गर्न चाहेकोमा विद्युत नियमन आयोगले त्यो भन्दा कम अनुपातमा मात्र हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको थियो ।  अब कम्पनीले सोहि अनुसारको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा २८.८४ प्रतिशतले हुन आउने ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरको ६० लाख ८२ हजार ५ सय ५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।  त्यस्तै सोहि बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवशन परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

कम्पनीले यस अघि नै साधारणसभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेकोमा अनुपात परिवर्तन गरेपछि कम्पनीले फेरि विशेष साधारणसभा बोलाएर प्रस्ताव पारित गर्न लागेको हो ।  कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...