Tuesday, August 4, 2026
spot_img

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपको साधारणसभा सम्पन्न: आईपीओ प्रस्ताव पारित, ६ जना सञ्चालक चयन

spot_img

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर निस्कासन(आइपिओ) गर्ने भएको छ । कम्पनीको शनिवार सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहेको छ । साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ । निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन्।

साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ । होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img