प्रभु इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले वैशाख ९ गते साधारणसभा आह्वान गरेको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरि कुल ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।












