Tuesday, August 4, 2026
spot_img

सामुदायिक लघुवित्तले पुँजी संरचना परिवर्तन गर्ने, चैत्र २७ गते साधारणसभा आह्वान

spot_img

सामुदायिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते साधारणसभा बोलाएको हो ।

सभाको विशेष प्रस्तावमा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीको हाल संस्थापक शेयर समुह र सर्वसाधारण समुहको शेयर क्रमशः ६१.११ र ३८.८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समुहको तर्फबाट ४६.२८ प्रतिशत शेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै सामुदायिक लघुवित्त र अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पनि पेश हुने छ।

उपरोक्त विशेष प्रस्तावहरुका सम्वन्धमा नियमनकारी निकायहरुवाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने छ ।

सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन , वित्तीय प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img