आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सोमबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा कम्पनीले साधारणसभा गरेको हो।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट चुक्ता पुँजीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२÷८३ को लागि बाह्य लेखापरीक्षकमा “एस.ए.आर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।
चुक्तापुँजी एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को असोज मसान्त सम्म रु. २१ अर्ब ४४ करोड निक्षेप संकलन र रु. १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।













