Sunday, August 2, 2026
spot_img

निफ्राको साधारणसभा आह्वान, किन समेटिएन लाभांश वितरण गर्ने प्रस्ताव ?

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले साधारणसभा आह्वान गरेको छ। बैंकले मङ्सिर २३ गते काठमाडौँको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा साधारणसभा आह्वान गरेको हो।

बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। बैंकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। बैंकको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यद्यपि बैंकले आज प्रकाशन गरेको साधारणसभाको सूचनामा लाभांशको प्रस्ताव राखिएको छैन। बैंकका सीइओ कृष्ण बहादुर अधिकारीका अनुसार भूलवश लाभांश प्रस्ताव छुट्न गएको हो । यसबारे विज्ञप्तिमार्फत प्रष्ट पारिने तथा भोलि बुधबार अर्को सूचना प्रकाशन गरेर भूलसुधार गरिने सीइओ अधिकारीले जानकारी दिएका छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने अन्य प्रस्ताव:

१. आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्षको २०८१ / ८२ वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८२ / ८३ को लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. सर्बसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको लागि निर्वाचन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img