निफ्राको साधारणसभा आह्वान, किन समेटिएन लाभांश वितरण गर्ने प्रस्ताव ?

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले साधारणसभा आह्वान गरेको छ। बैंकले मङ्सिर २३ गते काठमाडौँको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा साधारणसभा आह्वान गरेको हो।

बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। बैंकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। बैंकको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यद्यपि बैंकले आज प्रकाशन गरेको साधारणसभाको सूचनामा लाभांशको प्रस्ताव राखिएको छैन। बैंकका सीइओ कृष्ण बहादुर अधिकारीका अनुसार भूलवश लाभांश प्रस्ताव छुट्न गएको हो । यसबारे विज्ञप्तिमार्फत प्रष्ट पारिने तथा भोलि बुधबार अर्को सूचना प्रकाशन गरेर भूलसुधार गरिने सीइओ अधिकारीले जानकारी दिएका छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने अन्य प्रस्ताव:

१. आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्षको २०८१ / ८२ वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८२ / ८३ को लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. सर्बसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको लागि निर्वाचन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...