गुराँस लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक २३ गते साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
(१) संचालक समितिको तर्फबाट अध्यक्षले पेस गर्नुहुने आ. व. २०८१/८२ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात, आ. व. २०८१ / ८२ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणसहितको वित्तीय विवरण तथा सम्बन्धित लेखा टिप्पणीहरु छलफल गरी पारित गर्ने ।
(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने। (वर्तमान लेखापरीक्षक श्री बि. पि. एसोएिटस, चार्टर्ड एकाउन्टेण्ट्स् पुनः नियुक्त हुन सक्नुहुनेछ )
(४) सञ्चालक समितिले सिफारिस गरेबमोजिम आ. व. २०६१ / ८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजी को ०.७५ प्रतिशतले हुने रकम रु.८,६८,८७१ / २५ (अक्षरेपी आठ लाख अड्सठ्ठी हजार आठ सय एकहत्तर पैसा पच्चिस मात्र) नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
(५) संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने ।
विशेष प्रस्ताव
(१) सञ्चालक समितिबाट सिफारिस भएबमोजिम आ.व. २०८१ / ८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजी रु. ११,५८,४९,५०० / – ( एघार करोड अन्ठाउन्न लाख उनन्चास हजार पाँच सय) को १४.२५ प्रतिशतले हुने रकम रु.१,६५,०८,५५३ / ७५ (अक्षरेपी एक करोड पैसठ्ठी लाख आठ हजार पाँच सय त्रिपन्न पैसा पचहत्तर मात्र) बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।
(२) प्रस्तावित बोनस सेयर बराबर संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि गर्न वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र ६ ( ग ) संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।
(३) उपरोक्त विशेष प्रस्तावउपर नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोअनुरुप प्रचलित कानुनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।












