Saturday, July 25, 2026
spot_img

सानिमा बैंकको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

spot_img

सानिमा बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रहेको छ। बैंकले कुल १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको २१औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८२ साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

६. संस्थापक समूह ( समूह “क”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरूको निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरू :

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित रु १००/- का दरले रु. २,००,००,००,०००/- (दुई अर्ब रूपैयाँ) बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर ( 8.25% Sanima Perpetual Non-cumulative Preference Shares ) सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने ।

२. बैकको अधिकृत पूँजी रु. २० अर्बलाई वृद्धि गरी रू. २२ अर्ब पु-याउने । अग्राधिकार शेयर जारी गरे पश्चात् सोहि हदसम्म बैकको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र बैंकको प्रबन्धपत्र / नियमावलीमा आवश्यक संशोधन गर्ने ।

३. अग्राधिकार शेयर जारी/ दर्ता / सूचीकरण गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरूको स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट कुनै फेरबदल, शर्तहरू लगायतमा संशोधन फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषा लगायत अन्य सुधार तथा सोही बमोजिम प्रबन्धपत्र / नियमावलीमा समेत आवश्यक संशोधन गर्नका लागि संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img