Saturday, July 25, 2026
spot_img

ब्रोकर नम्बर ६३ हिमालयन ब्रोकरेजको साधारणसभा आह्वान: लाभांश, हकप्रद र मर्जरको प्रस्ताव

spot_img

ब्रोकर नम्बर ६३ अर्थात् हिमालयन ब्रोकरेजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा लाभांश, हकप्रद, मर्जर लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु।

क) सामान्य प्रस्ताव :
१ ) आ.व. २०८१/८२ को संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित असार मशान्त सम्मको कम्पनीको वासलात, मिति २०८१/०४/०१ देखि २०८२/०३/३२ सम्मको नाफा नोक्सानको हिसाव सहित सोही अवधिको नगद विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।

३) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १० प्रतिशतको दरले हुन आउने नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृती प्रदान गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२ / ८३ को लागि लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव
१.कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा ।

२. प्रस्ताव नं. १ बमोजिम कम्पनीको हकप्रद शेयर निष्काशन पश्चात साविकको जारी र चुक्ता पुँजीमा हुने बृद्धि अनुसार कम्पनीको प्रवन्धपत्र र नियमावली तथा अन्य सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी पत्यायोजन गर्ने ।

३. कम्पनीले अन्य कुनै एक वा एकभन्दा बढी धितोपत्र दलाल व्यवसायी संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर प्राप्ति समिति गठन गर्ने, उपयुक्त धितोपत्र दलाल व्यवसायीसँग समझदारी (Memorandum of Understanding) गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन ( Due Diligence Audit) गर्न मान्यता प्राप्त मुल्यांकनकर्ताको पारिश्रमिक तोक्ने, शेयर आदान प्रदान अनुपात ( Share Swap Ratio) निर्धारण गर्ने, गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img