Saturday, July 25, 2026
spot_img

हाथवे इन्भेष्टमेन्टको साधारणसभा सम्पन्न, ४ जना संचालक निर्विरोध निर्वाचित

spot_img

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाले  आर्थिक वर्ष २०८१/८२  को मुनाफाबाट  हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२  प्रतिशत नगद लाभांश गरि कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत सत्रौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, सोहि मितिमा समाप्त आ.व. २०८१/८२ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गरेको छ। कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२ / ८३ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक पनि सभाले निर्धारण गरेको छ।

त्यस्तै सभाले समुह (क) को शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालक निर्विरोध चयन गरेको छ । सभाले कुमार पौडेल, जयराम नेपाल, उमा विष्ट र एलिस ढकाललाई संचालक चयन गरेको हो ।

साधारणसभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने , कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img