बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

बाजेको सेकुवा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २ गते साधारणसभा आह्वान गरेको हो।

सभामा विशेष प्रस्ताव अन्तर्गत आइपीओ निष्काशन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरु गर्ने, अन्य कम्पनीसंग मर्जर गर्ने, DDA गर्ने, मर्जरको सम्झौता गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

१. संचालक समितिको तर्फबाट अध्यक्षज्युले प्रस्तुत गर्ने आ.व. २०८१/८२ को समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लेखापरिक्षण कार्यको लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव :
१. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरु गर्ने वारे ।

२. सर्वसाधारणका लागि साधारण शेयर (आई.पि.ओ) निष्काशन गर्ने सम्बन्धमा ।

३. कम्पनीले संचालन तथा विकास गर्ने परियोजनाहरुको लागि बैंक तथा अन्य वित्तिय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा वढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्वन्धमा ।

४. अन्य कम्पनीसंग मर्जर गर्ने, DDA गर्ने, मर्जरको सम्झौता गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

५.नियमन निकायहरु, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

६. विविध ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात...

आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको...

तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले के गर्दैछ ?

नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपुर्ति...

‘ठमेल मात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई...

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...