Thursday, July 10, 2025

अर्थमन्त्रीले बराललाई बनाए धितोपत्र बोर्डको अध्यक्ष

spot_img
spot_img

अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाएका छन् । मन्त्री पौडेलले साउन २ गते बराललाई धितोपत्र बोर्डको संचालक मोनोनित गरेका हुन् । यस अघि नरेन्द्र राना बोर्डको अध्यक्ष थिए ।

अहिले धितोपत्र बोर्डमा नियमित अध्यक्ष नभएकोले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिवले बोर्डको नेतृत्व गर्ने व्यवस्था छ। सोहि अनुसार बराल धितोपत्र बोर्डको अध्यक्ष बनेका हुन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

बरालले अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल समक्ष बोर्डको अध्यक्ष पदको पद तथा गोपनियताको सपथ लिई साउन ३ गते बोर्डमा पदबहाली गरेका छन् । बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उनको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गरेका छन्।

बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिएका छन्।

उनी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img