Sunday, March 23, 2025
spot_img
spot_img

शेयरबजार २६ महिनायता कै उच्च बिन्दुमा: साढे १५ अर्ब बढीको कारोबार, बैङ्किङ समूहमा आकर्षण

साताको कारोबारको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५९.६८ अंकले बढेर २४२४.३२ को बिन्दुमा पुगेर रोकिएको छ। २६ महिनापछि नेप्सेले २४०० को बिन्दु पार गरेको हो ।

आज कारोबारमा आएका ३१२ कम्पनीका ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ २१ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक ४२ करोड ४६ लाखको कारोबार भएको छ भने अपर तामाकोशीको ३८ करोड ९१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला हाइड्रो, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै कुमारी बैंकको शेयर मूल्य ९.५३ प्रतिशत तथा प्रभु बैंकको शेयर मूल्य ९.५१ प्रतिशत बढेको छ ।

आज कुमारी सबल योजनाको इकाई मूल्य सर्वाधिक ५.७६ प्रतिशत घटेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य ४.५७ प्रतिशत घटेको छ । त्यस्तै गुहेश्वरी फाइनान्सको शेयर मूल्य ४.२२ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका फाइनान्स र हाइड्रो बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये बैंकिंङ समुह सर्वाधिक ६.२८ प्रतिशत तथा लघुवित्त समूह २.७७ प्रतिशत बढेको छ। आज फाइनान्स समुह सर्वाधिक १.२७ प्रतिशत घटेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img