Tuesday, February 10, 2026
spot_img

शेयरबजार २६ महिनायता कै उच्च बिन्दुमा: साढे १५ अर्ब बढीको कारोबार, बैङ्किङ समूहमा आकर्षण

spot_img
spot_img

साताको कारोबारको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५९.६८ अंकले बढेर २४२४.३२ को बिन्दुमा पुगेर रोकिएको छ। २६ महिनापछि नेप्सेले २४०० को बिन्दु पार गरेको हो ।

आज कारोबारमा आएका ३१२ कम्पनीका ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ २१ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक ४२ करोड ४६ लाखको कारोबार भएको छ भने अपर तामाकोशीको ३८ करोड ९१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला हाइड्रो, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै कुमारी बैंकको शेयर मूल्य ९.५३ प्रतिशत तथा प्रभु बैंकको शेयर मूल्य ९.५१ प्रतिशत बढेको छ ।

आज कुमारी सबल योजनाको इकाई मूल्य सर्वाधिक ५.७६ प्रतिशत घटेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य ४.५७ प्रतिशत घटेको छ । त्यस्तै गुहेश्वरी फाइनान्सको शेयर मूल्य ४.२२ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका फाइनान्स र हाइड्रो बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये बैंकिंङ समुह सर्वाधिक ६.२८ प्रतिशत तथा लघुवित्त समूह २.७७ प्रतिशत बढेको छ। आज फाइनान्स समुह सर्वाधिक १.२७ प्रतिशत घटेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img