Sunday, July 26, 2026
spot_img

यी १८ संस्थागत लगानीकर्ता जसले रिलायन्सको आईपीओमा ९१२ रुपैयाँ हाले, को सँग कति शेयर?

spot_img

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्कालको लागि रोकिएको छ । संसदको सार्वजनिक लेखा समितिले कम्पनीको आईपीओको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ५ बुँदे स्पष्टिकरण सोधेपछि बोर्डले आज आईपीओ तत्कालको लागि रोक्ने निर्णय गरेको हो ।

विशेषगरी कम्पनीको आईपीओको मूल्य के को आधारमा तय गरिएको, र योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशनको बेला भन्दा अहिले कम्पनीको वित्तीय अवस्था खस्किएको, योग्य संस्थागत लगानीकर्ता र कम्पनीबीच स्वार्थ बाझिएको छ कि छैन लगायतका विषयमा लेखा समितिले प्रश्न उठाएको थियो ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गरेकोले सुरुमा योग्य संस्थागत लगानीकर्ताको लागि शेयर निष्काशन गरिएको थियो । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो।   योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको थियो र यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।

तर १८ वटा योग्य संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँमै ११ लाख ७२ हजार ५ सय ८३ कित्ताको लागि आवेदन हाले। ९१२ रुपैयाँ मै निष्काशन गरिएको भन्दा बढी कित्ताको लागि आवेदन परेपछि योग्य संस्थागत लगानीकर्ताको लागि ९१२ रुपैयाँ नै कट अफ मूल्य तोकिएको थियो  । ९१२ मा निष्काशन गरिए भन्दा धेरै शेयरको लागि आवेदन परेकोले आवेदकले समानुपातिक रुपमा शेयर पाउने थिए।  ९१२ मा आवेदन दिनेले आवेदन दिएको शेयरको ६५.७२ प्रतिशत शेयर मात्र पाएका थिए।

शेयर प्राप्त गर्ने योग्य संस्थागत लगानीकर्ता मध्ये प्रभु क्यापिटलले सबै भन्दा धेरै १ लाख ५४ हजार १ सय २८ कित्ताको लागि आवेदन दिएको थियो भने नेशनल फण्ड म्यानेजमेन्टले १ लाख ५४ हजार कित्ताको लागि आवेदन दिएको थियो । यी दुईले क्रमश १ लाख १ हजार २ सय ९५ कित्ता र १ लाख १ हजार २१२ कित्ता शेयर पाएका थिए ।

योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गर्दा कायम हुने कटअफ मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्नु पर्ने व्यवस्था छ ।  सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार सर्वसाधारणलाई कम्पनीको शेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा तय गरिएको हो ।

हेर्नुस १८ योग्य संस्थागत लगानीकर्ताको सूची जसले ९१२ मा कम्पनीको आईपीओ खरिदको लागि आवेदन गरे ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img