Friday, January 24, 2025
spot_img

शेयर बजारमा ५ अर्ब बढीको कारोबार, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आज नेप्से सूचक ३.२१ अंकले बढेर २०६६.१६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ७ करोड ७२ लाख ५५  हजार १ सय १६ रुपैयाँ १५ पैसाको कारोबार भएको छ । जस मध्ये मेरो माइक्रो फाइनान्सको सर्वाधिक २४ करोड ३२ लाख, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड ४१ लाख, तथा पोखरा फाइनान्सको १६ करोड १७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल  फाइनान्स र गणपति लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ७.२१ प्रतिशत तथा शिवश्री हाइड्रोको शेयर मूल्य ६.९१ प्रतिशत बढेको छ । त्यस्तै  आज बुद्धभुमि नेपाल हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.०१ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको ऋणपत्रको शेयर मूल्य ३.७६ प्रतिशत घटेको छ । 

आज कारोबार मध्ये फाइनान्स समुह सर्वाधिक २.११ प्रतिशत, विकास बैंक समुह १.५६ प्रतिशत तथा लघुवित्त समुह १.३६ प्रतिशत बढेको छ  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

४० बस थपेर महानगर यातायातद्वारा थानकोट-धुलिखेल रुटमा सेवा सुरु, पब्लिक लिमिटेडमा जाँदै

महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको...