Tuesday, August 18, 2026
spot_img

शेयर बजारमा ५ अर्ब बढीको कारोबार, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

spot_img

साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आज नेप्से सूचक ३.२१ अंकले बढेर २०६६.१६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ७ करोड ७२ लाख ५५  हजार १ सय १६ रुपैयाँ १५ पैसाको कारोबार भएको छ । जस मध्ये मेरो माइक्रो फाइनान्सको सर्वाधिक २४ करोड ३२ लाख, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड ४१ लाख, तथा पोखरा फाइनान्सको १६ करोड १७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल  फाइनान्स र गणपति लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ७.२१ प्रतिशत तथा शिवश्री हाइड्रोको शेयर मूल्य ६.९१ प्रतिशत बढेको छ । त्यस्तै  आज बुद्धभुमि नेपाल हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.०१ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको ऋणपत्रको शेयर मूल्य ३.७६ प्रतिशत घटेको छ । 

आज कारोबार मध्ये फाइनान्स समुह सर्वाधिक २.११ प्रतिशत, विकास बैंक समुह १.५६ प्रतिशत तथा लघुवित्त समुह १.३६ प्रतिशत बढेको छ  

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img