Thursday, April 30, 2026
spot_img
spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, ३ लाख ४७ हजार ४ सय ९० जनाले पाए शेयर

spot_img
spot_img

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको थियो।  क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख ६८ हजार ७ सय ४३ जनाको आवेदन परेको थियो । जस मध्ये २७ लाख ३० हजार ९ सय ८७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। यस क्रममा ३ लाख ४७ हजार ४ सय ९० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ । कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् ।

कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघको एसोसियट तर्फका लागि यस्तो बन्यो ‘टिम ज्योत्सना’: चन्द्र ढकालका छोरासमेत समूहमा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फकी उपाध्यक्ष उम्मेदवार...

५६.६२ प्रतिशत हकप्रद निकाल्न खोजेको दोर्दी खोलालाई २८.८० प्रतिशतको मात्रै स्वीकृति

विद्युत नियमन आयोगले अनुपात घटाएर दोर्दी खोला जलविद्युत कम्पनीलाई...

यी हुन् सरकारले सिफारिस गरेका ६ अध्यादेश, दबाबमा रहेका राष्ट्रपति आज छलफल गर्दै

सरकारले राष्ट्रपति समक्ष ६ वटा अध्यादेश जारी गर्नको लागि...

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...
spot_img